जिल्लाको बारेमा
जिल्ला शिक्षा कार्यालय, रुकुम यहाँहरुलाई हार्दिक स्वागत गर्दछ !!!
नेपाल सरकारका शैक्षिक नीति, कार्यक्रम र योजनालाई जिल्ला स्तरमा कार्यान्वयन गर्ने र जिल्लाको स्थिति, अवस्था र आवश्यकताका आधारमा जिल्लास्तरीय शैक्षिक योजना तर्जुमा गर्नको लागि जिल्ला शिक्षा कार्यालय, रुकुम बि.सं. २०३२ सालमा स्थापना भै हालसम्म नै निरन्तर रुपमा क्रियाशील रहिआएको छ । नेपाल सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिवद्धता गरेका शैक्षिक एजेन्डाहरुलाई जिल्लास्तरमा कार्यान्वयनको मुख्य दायित्व रहेको जिल्ला शिक्षा कार्यालय विविध कठिनाइका बावजुद पनि आफ्नो भुमिका निर्वाह गर्नको लागि अहोरात्र खटिरहेको कुरा सर्वविदितै छ ।
भौगोलिक रुमा दुर्गम जिल्ला भएको कारण वर्तमान अवस्थामा राष्ट्रिय शैक्षिक कार्यक्रमको घोषित लक्ष्य कार्यान्वयनको लागि देखिएका समस्या र कठिनाइका बावजुद पनि हासिल गरिएका उपलब्धीहरु र सो को आधारमा भविष्यमा अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा सम्बन्धित सरोकारवालाहरुलाई यथोचित जानकारी दिने अभिप्रायका साथ जिल्ला शिक्षा कार्यालय, रुकुमले यहांहरु समक्ष जिल्लाको शैक्षिक स्थिति र अवस्था तथा भावी रणनीति र कार्यक्रम, विविध सुचना र जानकारी सहित आप्नो आधिकारीक वेबसाइट मार्फत तपाइहरु समक्ष उपस्थित भएको छ । यो हाम्रो सानो प्रयासमा सबै कुरा समेट्न नसकिएको कुरा अवगत हुंदाहुंदै ठुला ठुला सफलता पनि सानो प्रयासबाट मात्र प्राप्त हुने भएको हुंदा हामीले सानै भएपनि जिल्लाको आगामी शैक्षिक नीति निर्माण र शैक्षिक उन्नयनको मार्गदर्शक हुनसकोस् भनी एउटा प्रयासको थालनी गरेका छौं । यसमा यहांहरु सबैको सहयोग प्राप्त भयो भने निश्चय नै भविष्यमा शैक्षिक योजना, नीति तथा कार्यक्रमलाई जिल्लास्तरमा अत्यन्तै सफलतापुर्वक प्रभावकारी रुपमा कार्यान्वयन गर्न र अपेक्षित शैक्षिक उपलब्धी व्यवहारिक रुपमा फलदायी किसिमले हासिल गर्ने हाम्रो प्रयत्न सफलताको विन्दुमा पुग्ने विश्वास यहांहरु समक्ष व्यक्त गर्दछौं ।
अन्य कार्यक्रम जस्तो शैक्षिक उपलब्धी क्षणिक प्रयासले तत्क्षण हासिल नहुने र उक्त उपलब्धी देखिन समेत समय लाग्ने भएको कारण हामीले शिक्षामा गरेको लगानी खेर त गएन भन्ने आम जनगुनासो समेत रहेको पाइन्छ । यद्यपि हामीले नेपालको छोटो शैक्षिक इतिहास नियाल्दा पनि हाम्रो उपलब्धीहरुको मात्रा र गुणस्तर अन्य देशको तुलनामा निश्चयनै कमजोर र दयनिय भने अवश्य नै छैन । यसका अलावा हाम्रो शैक्षिक अभियान सतप्रतिशत नै सफल भएको निष्कर्ष निकाल्न कठिन भएतापनि हाम्रो प्रयास भने पुरापुर जारी छ र जारी रहनेछ । यसका लागि यहांहरु सबैको यथोचित सहयोग र सद्भाव तथा रचनात्मक सुझावको जिल्ला शिक्षा कार्यालय हरदम् अपेक्षा गर्दछ । यहांहरुको अमुल्य सल्लाह र सुझावबाट मात्र हामी शैक्षिक क्षेत्रमा लक्षित वर्गसम्म पुग्नको लागि बाटो तय गर्न सक्छौं र सम्पूर्ण बालबालिकाहरु समक्ष शिक्षाको उज्यालो प्रकाश पु¥याउन सक्छौं । नयाँ बर्ष २०७१ को आगमनसँगै यहाहरु सबैको उत्तरोत्तर प्रगतिको कामना सहित जिशिका, रुकुमलाई शैक्षिक विकासको बाटोमा अघि बढ्नको लागि पुनः रचनात्मक सुझावको अपेक्षा गर्दछौं । धन्यवाद ।
परिपत्र तथा सूचना
- बिद्यालय बाहिर रहेका बालबालिकाकाे घरधुरि सर्बेक्षण सम्बन्धमा
- रुकुम पूर्बका लागि अाबासिय बिद्यालय सम्बन्धमा
- A request of DEO Rukum
- Request to local level for support and cooperation of SEE
- Examted SEE exam center
- SEE exam center of Rukum west /east
- सबै सामुदायीक बिद्यालयहरुलाइ अत्यन्तै जरुरी सूचना
- सबै सस्थागत बिद्यालयहरुले अनुमतिका कागजातहरु पेश गर्ने बारे थप हेर्नुहोस
