नेपाल सरकारका शैक्षिक नीति, कार्यक्रम र योजनालाई जिल्ला स्तरमा कार्यान्वयन गर्ने र जिल्लाको स्थिति, अवस्था र आवश्यकताका आधारमा जिल्लास्तरीय शैक्षिक योजना तर्जुमा गर्नको लागि जिल्ला शिक्षा कार्यालय, रुकुम बि.सं. २०३२ सालमा स्थापना भै हालसम्म नै निरन्तर रुपमा क्रियाशील रहिआएको छ । नेपाल सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिवद्धता गरेका शैक्षिक एजेन्डाहरुलाई जिल्लास्तरमा कार्यान्वयनको मुख्य दायित्व रहेको जिल्ला शिक्षा कार्यालय विविध कठिनाइका बावजुद पनि आफ्नो भुमिका निर्वाह गर्नको लागि अहोरात्र खटिरहेको कुरा सर्वविदितै छ ।
भौगोलिक रुमा दुर्गम जिल्ला भएको कारण वर्तमान अवस्थामा राष्ट्रिय शैक्षिक कार्यक्रमको घोषित लक्ष्य कार्यान्वयनको लागि देखिएका समस्या र कठिनाइका बावजुद पनि हासिल गरिएका उपलब्धीहरु र सो को आधारमा भविष्यमा अवलम्बन गर्नुपर्ने उपायहरुको बारेमा सम्बन्धित सरोकारवालाहरुलाई यथोचित जानकारी दिने अभिप्रायका साथ जिल्ला शिक्षा कार्यालय, रुकुमले यहांहरु समक्ष जिल्लाको शैक्षिक स्थिति
थप हेर्नुहोस